• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

४९४ जना अपाङ्गता भएका नागरिकलाई २० प्रकारका ५३८ सहायक सामग्री वितरण

  •   आइतबार, चैत १५, २०८२ मा प्रकाशित

कैलाली । अपाङ्गता भएका नागरिकको जिवनयापन सहज बनाउने उदेश्यले चार वर्षको अबधिमा धनगढी उपमहानगरपालिकाले ४९४ जना अपाङ्गता भएका नागरिकलाई २० प्रकारका ५३८ सहायक सामग्री वितरण गरेको छ ।

आज उपमहानगरपाकिाले पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिएको हो । आर्थिक वर्ष २०७९.८० मा १८९ जनालाई २०५ सामग्री, २०८०.८१ मा १९६ जनालाई २१७ सामग्री, २०८१. ८२ मा १०९ जनालाई ११६ सामग्री र चालु आर्थिक वर्ष २०८२. ८३ मा २५७ जनालाई स्क्रिनिङ्ग गरी ३१८ सामग्री वितरण गरिएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।

क्लस्टरअनुसार फूलबारी क्षेत्रमा १२८ जनाले १३९ सामग्री, उर्मा क्लस्टरमा ११८ जनाले १२५ सामग्री, जुगेडा क्लस्टरमा ९० जनाले ९५ सामग्री, बेला क्लस्टरमा ६२ जनाले ६६ सामग्री र धनगढी क्लस्टरमा ९६ जनालाई ११३ सामग्री प्रदान गरेको उनले बताए । ।

यस अवधिमा १४६ व्हिलचेयर, ४५ ट्राइसाइकल, २० वाकर, १६ कृत्रिम हातखुट्टा, १०१ वाकिङ स्टिक, ५८ क्रचेज र एक सिपी चेयर वितरण गरिएको उपमहानगरले जनाएको छ।

हालसम्म ६५ लाख १६ हजार ४ सय रुपैयाँ बराबरको सामग्री वितरण भइसकेको छ भने चालु आर्थिक वर्षका लागि १८ लाख रुपैयाँ बराबरको सामग्री खरिद प्रक्रिया अगाडि बढाइएको छ।

नगर प्रमुख गोपाल हमालले स्थानीय सरकारले नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै अपाङ्गता भएका व्यक्तिलाई सम्मानपूर्वक जीवनयापनमा सहयोग पुर्‍याउन यस्तो अभियान सञ्चालन गरिएको बताए। उनले धनगढीका १९ वटै वडामा रहेका अपाङ्गता भएका नागरिकलाई खोज्दै हरेक वर्ष सहायक सामग्री वितरण गर्दै आएको उल्लेख गरे।

आर्थिक बर्ष २०७९ सालदेखि उपमहानगरपालिकालेअपाङ्गता नागरिकको जीवन सहज बनाउने उद्देश्यले खोजीखोजी निस्शुल्क सहायक सामग्री वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ।

उपमहानगरले अपाङ्गताको प्रकृतिअनुसार व्हिलचेयर, वाकर, कृत्रिम हातखुट्टा, बैसाखी, सेतो छडी, सिपी चेयर, क्रचेज, ट्राइसाइकल र कमोड चेयर लगायतका सामग्री उपलब्ध गराउँदै आएको छ। सम्मानपूर्ण जीवनयापन र सेवामा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित यो कार्यक्रम अघि बढाइएको जनाइएको छ।

स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थी का अनुसार, सहायक सामग्री आवश्यक पर्ने व्यक्तिको पहिचान गर्न हरेक वर्ष पालिकालाई पाँच क्लस्टरमा विभाजन गरी स्क्रिनिङ्ग शिविर सञ्चालन गरिन्छ। त्यसपछि सम्बन्धित व्यक्तिको घरदैलोमै पुगेर सामग्री वितरण गर्ने गरिएको छ।

उपमहानगरपालिकालेआफ्ना नागरिकलाई बिरामी भएको अवस्थामा निस्शुल्क रगत प्रदान गर्दै

साथै उपमहानगरपालिकाले आफ्ना नागरिकलाई बिरामी भएको अवस्थामा निस्शुल्क रगत प्रदान गर्दै आएको छ। उपमहानगरले बिरामीलाई आवश्यक पर्ने रगत निस्शुल्क उपलब्ध गराउँदै आएको हो ।

आर्थिक वर्ष २०८१.८२ मा ४६० जना बिरामी तथा चालु आर्थिक वर्षको फागुनसम्म २१३ जना बिरामीसहित कुल ६७३ जनालाई निस्शुल्क रगत तथा रगतजन्य पदार्थ उपलब्ध गराएको छ।

उपमहानगरले आर्थिक वर्ष २०८१.८२ मा एक हजार ५३० पिन्ट तथा चालु आर्थिक वर्षको फागुनसम्म थप ५८२ पिन्टसहित नागरिकलाई कुल दुई हजार १२२ पिन्ट रगत तथा रगतजन्य पदार्थ निस्शुल्क उपलब्ध गराएको जनाएको छ।

गत आर्थिक वर्षमा सरकारी तथा निजी अस्पतालमा उपचार गरेका बिरामीलाई रगत उपलब्ध गराएकोमा यो वर्षबाट सरकारी अस्पतालमा प्रदेश सरकारले रगत उपलब्ध गराउने नीति लिएकाले निजी अस्पतालमा भर्ना भएका बिरामीलाई निस्शुल्क रगत उपलब्ध गराइरहेको नगर प्रमुख गोपाल हमालले बताए।

उनले बिरामीलाई जतिसुकै रगत आवश्यक परे पनि निस्शुल्क उपलब्ध गराइरहेको बताए। उनले भने, गत आर्थिक वर्षमा एक जना बिरामीलाई ३३ पिन्ट रगत उपलब्ध गराइएको छ, जसका कारण बिरामीको करिब ३८ हजार बचत भएको छ।

उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी रगत जनजाति समूहलाई आवश्यक परेको छ। निस्शुल्क रगत लग्नेमा ४२४ जना जनजाति, १९५ जना ब्राह्मणरक्षेत्री, ४८ जना दलित, चार जना मधेसी तथा एक जना मुस्लिम र एक जना अन्यले निस्शुल्क रगत सेवा पाएका छन्।

उपमहानगरपालिकाले जीवन रक्षा गर्न आवश्यक रगत उपलब्ध गराए बापत नेपाल रेडक्रस धनगढी शाखालाई २४ लाख ४० हजार तीन सय रुपैयाँ भुक्तानी गरेको छ।

नागरिकको स्वास्थ उपचारमा सहयोग पुगोस् भनेर निस्शुल्क रगत उपलब्ध गराउन थालिएको नगर प्रमुख हमालले बताए।

  • सामग्री वितरण गर्यो
आइतबार, चैत १५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.