• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

४९४ जना अपाङ्गता भएका नागरिकलाई २० प्रकारका ५३८ सहायक सामग्री वितरण

  •   आइतबार, चैत १६, २०८२ मा प्रकाशित

कैलाली । अपाङ्गता भएका नागरिकको जिवनयापन सहज बनाउने उदेश्यले चार वर्षको अबधिमा धनगढी उपमहानगरपालिकाले ४९४ जना अपाङ्गता भएका नागरिकलाई २० प्रकारका ५३८ सहायक सामग्री वितरण गरेको छ ।

आज उपमहानगरपाकिाले पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिएको हो । आर्थिक वर्ष २०७९.८० मा १८९ जनालाई २०५ सामग्री, २०८०.८१ मा १९६ जनालाई २१७ सामग्री, २०८१. ८२ मा १०९ जनालाई ११६ सामग्री र चालु आर्थिक वर्ष २०८२. ८३ मा २५७ जनालाई स्क्रिनिङ्ग गरी ३१८ सामग्री वितरण गरिएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।

क्लस्टरअनुसार फूलबारी क्षेत्रमा १२८ जनाले १३९ सामग्री, उर्मा क्लस्टरमा ११८ जनाले १२५ सामग्री, जुगेडा क्लस्टरमा ९० जनाले ९५ सामग्री, बेला क्लस्टरमा ६२ जनाले ६६ सामग्री र धनगढी क्लस्टरमा ९६ जनालाई ११३ सामग्री प्रदान गरेको उनले बताए । ।

यस अवधिमा १४६ व्हिलचेयर, ४५ ट्राइसाइकल, २० वाकर, १६ कृत्रिम हातखुट्टा, १०१ वाकिङ स्टिक, ५८ क्रचेज र एक सिपी चेयर वितरण गरिएको उपमहानगरले जनाएको छ।

हालसम्म ६५ लाख १६ हजार ४ सय रुपैयाँ बराबरको सामग्री वितरण भइसकेको छ भने चालु आर्थिक वर्षका लागि १८ लाख रुपैयाँ बराबरको सामग्री खरिद प्रक्रिया अगाडि बढाइएको छ।

नगर प्रमुख गोपाल हमालले स्थानीय सरकारले नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै अपाङ्गता भएका व्यक्तिलाई सम्मानपूर्वक जीवनयापनमा सहयोग पुर्‍याउन यस्तो अभियान सञ्चालन गरिएको बताए। उनले धनगढीका १९ वटै वडामा रहेका अपाङ्गता भएका नागरिकलाई खोज्दै हरेक वर्ष सहायक सामग्री वितरण गर्दै आएको उल्लेख गरे।

आर्थिक बर्ष २०७९ सालदेखि उपमहानगरपालिकालेअपाङ्गता नागरिकको जीवन सहज बनाउने उद्देश्यले खोजीखोजी निस्शुल्क सहायक सामग्री वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ।

उपमहानगरले अपाङ्गताको प्रकृतिअनुसार व्हिलचेयर, वाकर, कृत्रिम हातखुट्टा, बैसाखी, सेतो छडी, सिपी चेयर, क्रचेज, ट्राइसाइकल र कमोड चेयर लगायतका सामग्री उपलब्ध गराउँदै आएको छ। सम्मानपूर्ण जीवनयापन र सेवामा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित यो कार्यक्रम अघि बढाइएको जनाइएको छ।

स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थी का अनुसार, सहायक सामग्री आवश्यक पर्ने व्यक्तिको पहिचान गर्न हरेक वर्ष पालिकालाई पाँच क्लस्टरमा विभाजन गरी स्क्रिनिङ्ग शिविर सञ्चालन गरिन्छ। त्यसपछि सम्बन्धित व्यक्तिको घरदैलोमै पुगेर सामग्री वितरण गर्ने गरिएको छ।

उपमहानगरपालिकालेआफ्ना नागरिकलाई बिरामी भएको अवस्थामा निस्शुल्क रगत प्रदान गर्दै

साथै उपमहानगरपालिकाले आफ्ना नागरिकलाई बिरामी भएको अवस्थामा निस्शुल्क रगत प्रदान गर्दै आएको छ। उपमहानगरले बिरामीलाई आवश्यक पर्ने रगत निस्शुल्क उपलब्ध गराउँदै आएको हो ।

आर्थिक वर्ष २०८१.८२ मा ४६० जना बिरामी तथा चालु आर्थिक वर्षको फागुनसम्म २१३ जना बिरामीसहित कुल ६७३ जनालाई निस्शुल्क रगत तथा रगतजन्य पदार्थ उपलब्ध गराएको छ।

उपमहानगरले आर्थिक वर्ष २०८१.८२ मा एक हजार ५३० पिन्ट तथा चालु आर्थिक वर्षको फागुनसम्म थप ५८२ पिन्टसहित नागरिकलाई कुल दुई हजार १२२ पिन्ट रगत तथा रगतजन्य पदार्थ निस्शुल्क उपलब्ध गराएको जनाएको छ।

गत आर्थिक वर्षमा सरकारी तथा निजी अस्पतालमा उपचार गरेका बिरामीलाई रगत उपलब्ध गराएकोमा यो वर्षबाट सरकारी अस्पतालमा प्रदेश सरकारले रगत उपलब्ध गराउने नीति लिएकाले निजी अस्पतालमा भर्ना भएका बिरामीलाई निस्शुल्क रगत उपलब्ध गराइरहेको नगर प्रमुख गोपाल हमालले बताए।

उनले बिरामीलाई जतिसुकै रगत आवश्यक परे पनि निस्शुल्क उपलब्ध गराइरहेको बताए। उनले भने, गत आर्थिक वर्षमा एक जना बिरामीलाई ३३ पिन्ट रगत उपलब्ध गराइएको छ, जसका कारण बिरामीको करिब ३८ हजार बचत भएको छ।

उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी रगत जनजाति समूहलाई आवश्यक परेको छ। निस्शुल्क रगत लग्नेमा ४२४ जना जनजाति, १९५ जना ब्राह्मणरक्षेत्री, ४८ जना दलित, चार जना मधेसी तथा एक जना मुस्लिम र एक जना अन्यले निस्शुल्क रगत सेवा पाएका छन्।

उपमहानगरपालिकाले जीवन रक्षा गर्न आवश्यक रगत उपलब्ध गराए बापत नेपाल रेडक्रस धनगढी शाखालाई २४ लाख ४० हजार तीन सय रुपैयाँ भुक्तानी गरेको छ।

नागरिकको स्वास्थ उपचारमा सहयोग पुगोस् भनेर निस्शुल्क रगत उपलब्ध गराउन थालिएको नगर प्रमुख हमालले बताए।

  • सामग्री वितरण गर्यो
आइतबार, चैत १६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.