बैशाख । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले संसद सचिवालयमा दर्ता भएका दुई महत्वपूर्ण विधेयकलाई अविलम्ब सदनमा पेश गरी छलफल अगाडि बढाउन सभामुखसँग आग्रह गर्ने निर्णय गरेको छ।
बुधबार दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो। सरकारले संसद सचिवालयमा मिति२०८१/१२/०३ गते टीकापुर बिज्ञान तथा प्रविधि विश्वविद्यालय व्यवस्था गर्न बनेको विधेयक र मिति २०८२/०२/२१ गते बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सचिवालयमा दर्ता गरेको थियो।
संसद सचिवालयमा दर्ता भएको एक वर्ष बितिसक्दा पनि ती विधेयकहरू सदनमा पेश नभई छलफलसमेत हुन नसकेकोप्रति बैठकले गम्भीर ध्यानाकर्षण जनाएको छ। यस अवस्थाले संसदको कार्यप्रणालीमाथि नै प्रश्न उठ्ने भन्दै संसदीय दलले ती विधेयकहरूलाई अविलम्ब सदनमा पेश गरी आवश्यक छलफल अगाडि बढाउन सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ।
संसद सचिवालयमा दर्ता भएका दुई विधेयकलाई संसदमा पेश गर्न नेपाली कांग्रेस संसदीय दलको आग्रह
संसद सचिवालयमा दर्ता भएका दुई विधेयकलाई संसदमा पेश गर्न नेपाली कांग्रेस संसदीय दलको आग्रह
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














