काठमाडौं- निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्देशन दिएको छ ।
नेपालले निर्वाचन प्रभावित पार्ने गरि निर्वाचन कसुर गरेको आरोप लगाउँदै आयोगले बिहीबार अध्यक्ष नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको हो ।
आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो ।
नेता नेपालले रौतहटमा मतदातालाई फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने भन्दै प्रलोभन देखाएर भोट मागेका थिए ।
आयोगले नेपालले सार्वजनिक रुपमै फ्रि भिसा फ्रि टिकटको प्रलोभन देखाएको भिडियोसमेत आयोगलाई प्राप्त भएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।















