• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

पीडा भुलाएर सिकलसेल अभियन्ता बनेका लालबहादुर र अनुपा

  •   सोमबार, असार ०८, २०८३ मा प्रकाशित

कैलाली। सिकलसेल थालासेमियाबाट लामो समयदेखि ग्रसित कैलाली टीकापुरकी अनुपा चौधरीले सानैदेखि अनेकौँ कष्टकर समस्या भोग्दै आएकी छन्। आर्थिक हिसाबले सबल परिवारमा हुर्किएकी अनुपालाई निको पार्न परिवारले बाल्यकालमा धेरै उपचार गरे।

नेपालमा रोग पत्ता नलागेपछि बुबाले उपचारका लागि पटक(पटक भारतसमेत पुर्‍याए। तर, लामो समयसम्म रोगको पहिचान हुन सकेन। पछि बाँकेको भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट फिजिसियन एवं सिकलसेल एनिमियाका क्लिनिकल प्रोटोकल डेभलपमेन्ट विज्ञ डा राजन पाण्डेलाई भेटेपछि मात्र उनलाई सिकलसेल थालासेमिया भएको पुष्टि भयो र सही उपचार सुरु भयो।

नियमित रगत चढाउनुपर्ने र अस्पतालमै बस्नुपर्ने बाध्यताका कारण अनुपाले विगतमा ठूलो मानसिक तनाव झेल्नुपर्‍यो। रोग निदान भएपछि उनले सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालबाट सेवा लिन थालिन्, जसले परिवारलाई केही राहत मिल्यो। अनुपाका अनुसार सिकलसेल क्राइसिसका बेला शरीरमा सहनै नसकिने दुखाइ हुन्छ। हातखुट्टाका हड्डी, जोर्नी, ढाड, कम्मर, छाती, पेट, औँला, काँध र घुँडाहरू सुन्निने र अत्यधिक दुख्ने गर्छ। यस्तो अवस्थामा बिरामीलाई परिवारको बलियो साथ चाहिन्छ।

यस्तो कठिन परिस्थितिमा अनुपालाई बुझिदिने जीवनसाथी मिलेका छन्। उनी सिकलसेल थालासेमियाको बिरामी भएको थाहा पाउँदापाउँदै पनि श्रीमान्‌ले माया र साथ दिने प्रतिबद्धता जनाएर विवाह गरे। हाल उनीहरू सन्तान जन्माउने विषयमा चिकित्सकसँग परामर्श गरिरहेका छन्।

टीकापुर अस्पतालका एमडी फिजिसियन डा सरोज खनालका अनुसार आमा सिकलसेल थालासेमियाको बिरामी र बुबा पूर्ण रूपमा निरोगी भएमा बच्चा निरोगी जन्मिने सम्भावना हुन्छ। यद्यपि, बच्चाले आमाबाट असामान्य जीन पाउन सक्ने भएकाले केही सन्तान रोगको वाहकका रूपमा जन्मन सक्छन्। वाहक मात्र हुँदा खासै समस्या नहुने तर रोगी नै भएमा भने नियमित उपचार आवश्यक पर्ने डा खनालले बताए।

रोग र भोगाइले परिपक्व बनेकी अनुपा अचेल सिकलसेलका अन्य बिरामीलाई परामर्श र हौसला दिने काम गर्छिन्। अनुपाजस्तै अर्का बिरामी टीकापुर सिकलसेल समितिका अध्यक्ष लालबहादुर चौधरीको कथा झन् पीडादायी छ।

युवावस्थामा निकै रमाइलो जीवन बिताएका लालबहादुर विसं २०७२ मा कडा बिरामी परे। धेरै अस्पताल धाएपछि नेपालगन्जमा उनलाई सिकलसेल भएको पत्ता लाग्यो। तर, रोग थाहा पाएपछि समाज र साथीभाइले उनलाई अपराधीजस्तो व्यवहार गर्न थाले। एउटै थालमा खाने साथीहरू टाढिए र दुव्र्यवहार गर्न थाले। यही सामाजिक अपहेलना र मानसिक तनावका कारण उनले तीन पटकसम्म आत्महत्याको प्रयाससमेत गरे।

त्यो कठिन मोडमा एकजना साथीले दिएको सम्झौता र ढाडसका कारण लालबहादुरले नयाँ जीवन पाए। मानसिक र शारीरिक रूपमा गलेर उठेका उनी अहिले सिकलसेल अभियन्ताका रूपमा सक्रिय छन्। आफूले जस्तो मानसिक पीडा अरू कसैले भोग्नु नपरोस् भन्ने उद्देश्यका साथ उनले टीकापुर सिकलसेल समिति गठन गरे। अहिले यस समितिले बिरामीहरू भेटेर छलफल गर्ने, मनोपरामर्श दिने, उपचारमा सघाउने, अस्पताल ल्याउने र चिकित्सकसँग सल्लाह दिलाउने काम गरिरहेको छ।

टीकापुरमा मात्रै ३०० भन्दा बढी सिकलसेल संक्रमित रहेका छन्। टीकापुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीका अनुसार दुई हजार नागरिकको स्वास्थ्य परीक्षण गर्दा ३०० जनामा संक्रमण फेला परेको हो। समध्ये ८० जना कडा खालका सिकलसेल थालासेमियाका बिरामी छन् भने बाँकी वाहक हुन्। थारू समुदायमा बढी देखिने यो रोग परीक्षण गरिएकामध्ये १५ प्रतिशतमा पुष्टि हुन थालेको छ। हालै मात्र पालिकाले थप एक हजार विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको र त्यसको नतिजा आउन बाँकी रहेको सार्कीले जानकारी दिए।

बिरामीको सहज उपचारका लागि टीकापुर नगरपालिकाले यसै वर्षदेखि ‘सिकलसेल सहरी स्वास्थ्य प्रवर्द्धन तथा सिकलसेल केन्द्र’ सञ्चालनमा ल्याएको छ। सिकलसेलका लागि छुट्टै उपचार केन्द्र खोल्ने कैलालीमै टीकापुर पहिलो स्थानीय तह हो। पालिकाले बिरामीको निःशुल्क स्वास्थ्य बिमा गराउनुका साथै उनीहरूको मागका आधारमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।

टीकापुर नगरपालिका सामाजिक विकास समितिका संयोजक लालवीर चौधरीले थारू समुदायमा यो समस्या बढी देखिएकाले पालिकाले प्राथमिकताका साथ केन्द्र स्थापना गरेको बताए। उनले घरमा एकजना बिरामी हुँदा पूरै परिवार प्रभावित हुने भएकाले आगामी दिनमा रोगबाट बच्ने उपायबारे सचेतना फैलाउने र बिरामीलाई घरमै बसेर आयआर्जन गर्न सक्ने खालका कार्यक्रम ल्याउने योजना रहेको जानकारी दिए।रासस

सोमबार, असार ०८, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.