• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २८, २०८३
☰
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ३. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ४. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ५. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ६. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ७. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ८. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ९. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

  • १०. सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

प्रहरी हबल्दार शेरीराम औजीको ‘ए रुपा’ देउडा गीत भाइरल

  •   सोमबार, असार २२, २०८३ मा प्रकाशित

कञ्चनपुर। पाँच महिनाअघि बजारमा आएको ‘ए रुपा तेरो लेहंगा जवरजस्त छ, तेर आँखोमा सारा दुनियाँ मगन मस्त छ’ बोलको देउडा गीत निकै चर्चित छ।

सुदूरपश्चिममा झन्डै दुई दशकदेखि देउडा गायनमा सक्रिय लोक तथा देउडा गायक शेरीराम औजीको स्वर रहेको यो कुमाउनी प्याटर्नको गीतले अहिले देउडा पारखीहरूको मन जितिरहेको छ ।

यो गीत बजारमा आउँदा सामाजिक सञ्जालमा भाइरल भएको थियो। युट्युबमा मात्रै यस गीतले ५४ लाख भ्युज पाइसकेको औजीले बताएका छन्।

बेलाबखत लोकप्रिय देउडा गीतहरू बजारमा ल्याएर युट्युब र टिकटक जस्ता मञ्चहरूमा बजार तताउने औजीको परिचय देउडा गायकमा मात्रै सीमित छैन। उनी नेपाल प्रहरी सङ्गठनका प्रहरी सहायक हबल्दार हुन्।

प्रहरी सेवामा १७ वर्ष बिताइसकेका औजीले आफ्नो प्रहरीको जिम्मेवारीसँगै साङ्गीतिक यात्रालाई पनि निरन्तरता दिइरहेका छन्। बैतडीको पञ्चेश्वरी गाउँपालिका–६ बिजुलमा जन्मिएका औजीले सन् २००६ देखि सुदूरपश्चिमको देउडा गाउन थालेका हुन्। स्कुल पढ्दादेखि नै देउडा गायनमा रुचि भएकाले उनले विद्यालयहरूको जिल्लास्तरीय गायन प्रतियोगितामा प्रथम स्थान समेत हासिल गरेका थिए।

हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत औजीले गाउँबाट एसएलसी पास गरेर सन् २००९ मा प्रहरी जवानमा भर्ना हुनुअघि नै दुईवटा गीत बजारमा ल्याइसकेका थिए। उनले आफ्नो दैनिकीबारे भने, ‘ड्युटी सकेर ब्यारेक पस्यो, फुर्सद भयो कि गायन र नयाँ सृजनामा समय खर्चिर्ने बानी भइसकेको छ ।

’ सन् २००६ मा किशोरावस्थामै बैतडीबाट महेन्द्रनगर झरेर उनले ‘घर छुट्यो, घरबार टुट्यो देउडा’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए। सो पहिलो गीत तत्कालीन समयमा सुदूरपश्चिमका एफएम रेडियोहरूमा निकै बज्ने गरेको र अहिले पनि दर्शकस्रोताले उत्तिकै मन पराउने उनको अनुभव छ।

पछिल्लो समय महेन्द्रनगरका कलाकार मासुम विष्टको लय र शब्द सङ्कलन तथा गायक औजीको स्वर रहेको ‘ए रुपा’ बोलको गीत सुदूरपश्चिममा मात्र नभएर भारतको सीमावर्ती कुमाउ, पिथौरागढ र गडवाल क्षेत्रमा समेत चर्चित छ। हाल भीमदत्त नगरपालिका–५ सुकासाल बस्दै आएका औजीले सुदूरपश्चिममा एक सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन्। उनका दर्जनभन्दा बढी गीतहरू अहिले पनि सुदूरपश्चिममा निकै लोकप्रिय छन्।

उनले लागुऔषधसम्बन्धी सचेतना तथा प्रहरीका सचेतनामूलक गीतहरू पनि बजारमा ल्याएका छन्। तीन वर्षअघि उनले ‘प्रहरीलाई खबर गरौँ, हरघडी आउँछ प्रहरी, सेवा गर्न आउँछ प्रहरी’ बोलको गीत सार्वजनिक गरेका थिए। प्रहरीले आयोजना गर्ने सचेतनामूलक कार्यक्रमहरूमा उनी आफैँले यस्ता गीतहरू प्रस्तुत गर्ने गरेका छन्।

ड्युटीपछिको आफ्नो गायन यात्रालाई प्रहरी सङ्गठन र घरपरिवारले उत्तिकै साथ दिएकाले आफू हर्षित रहेको उनले बताए। सुदूरपश्चिमका अर्का परिचित देउडा गायक महेशकुमार औजी नातामा दाई पर्ने र उनी नै आफ्नो साङ्गीतिक क्षेत्रको प्रेरणाको स्रोत रहेको शेरीरामले बताए।

सुदूरका नौवटै जिल्लाको कला, संस्कृति र पर्यटकीय गन्तव्य समेटिएको उनको देउडा गीत ‘मेरी माया शीतलु छायाँ’ पनि निकै लोकप्रिय छ। प्रहरीको ड्युटी सकेर फुर्सदको समय गीतसङ्गीतमा बिताउने उनी बिदाका बेला सुदूरपश्चिममा हुने मेला महोत्सवहरूमा स्टेज प्रस्तुति दिन पुग्छन्।

उनले आफ्नो प्राथमिकता स्पष्ट पार्दै भने, ‘ड्युटी मेरो पहिलो प्राथमिकता हो। गीतसङ्गीतलाई पनि निरन्तरता दिने योजनासहित साङ्गीतिक क्षेत्रलाई सँगै लगेको छु।’ देउडा गीतहरू स्रोता र दर्शकले निकै मन पराएका कारण लगानीको प्रतिफल राम्रै आइरहेको र भारतीय सीमावर्ती क्षेत्रबाट समेत साङ्गीतिक प्रस्तुतिका लागि बोलावट हुने गरेको भए पनि समय मिलेमा मात्र जाने गरेको उनले जानकारी दिए।रासस

 

सोमबार, असार २२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण
प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण
Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal
बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा
सुदूरपश्चिमको बजेट अध्ययन गर्न संसदीय समिति गठन गरिने,पूरक बजेट ल्याइने
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

समाचार

सबै

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ३.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ४.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ५.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • ६.
    सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.