धनगढी । कञ्चनपुरबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कञ्चनपुरको २०८२ चैत १६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय र रु.२ हजार जरिवाना तोकिएका भीमदत्त नगरपालिका-१० काठेपुल बस्ने ४३ वर्षीय जनकबहादुर भाटलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।
यसैगरी, जिल्ला अदालत कञ्चनपुरको २०८३ असार ३ गतेको फैसलाले लेनदेन मुद्दामा बिगो रु.१ लाख बाफतको १ बर्ष ३ महिना १३ दिन कैद सजाय तोकिएकी भीमदत्त नगरपालिका-५ सुकासाल अवस्थी चौराहा बस्ने ३० वर्षी जानकी सुनारलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सोमबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।













