धनगढी । कैलालीबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्लाको कैलारी गाउँपालिका-५ पवेरा सामुदायिक वन भित्र लुकाई छिपाई राखेको बेवारिसे अवस्थामा एक नाले एक थान भरुवा बन्दुक बुधबार बेलुकी प्रहरीले बरामद गरेको हो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













