धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाको कैलारी गाउँपालिका-५ गोबरैला घाटबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.४३ हजार ५०० बराबरको बच्चाको खेलौना, चिया दानी, साबुन दानी, फोहर उठाउने, ऐना, हातमा लगाउने माला, औँठी लगायतका सामानहरु शनिबार बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













