काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उनलाई सोमबार नियुक्त गरिएको हो ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन् । त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन् ।
नवनियुक्त घिमिरिले पनि आजै सञ्चारमन्त्री तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन् ।













