धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
कैलाली धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.६३ हजार १ सय बराबरको धोती, किराना लगायतका सामानहरु सोमबार प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै,कञ्चनपुरको भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.१ लाख ४३ हजर ५०० बराबरको सुटपिस, व्लाउज, अन्डर वेयर, पानी वर्साती लगायतका सामानहरु सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।



















