काठमाडौँ । लामो समयसम्म संसद् बैठकमा अनुपस्थित भएको भन्दै तीव्र आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा सहभागी भएका छन् ।
संसद् र जनताप्रति प्रधानमन्त्री जवाफदेही नभएको भन्दै सांसदहरूले लगातार उनको उपस्थितिमाथि प्रश्न उठाउँदै आएका थिए । मंगलबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा प्रधानमन्त्री शाह सहभागी हुने कुनै पूर्वनिर्धारित कार्यक्रम भने थिएन ।













