धनगढी । अछाममा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा पश्चिम रुकुमको चौरजहारी गाउँपालिका-९ बस्ने २७ वर्षीय जयप्रकाश स्वर्णकार रहेको प्रहरीले जनाएको छ ।
स्वर्णकारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



















