धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आव्हान गरिको छ।
संसदीय दलका नेता खगराज भट्टले बिहीबार बिहान ११ बजे प्रदेश संसदीय दलको कार्यालयमा बैठक आह्वान गरेका हुन्।
बैठकमा सुदूरपश्चिम सरकार गठन बारे महत्त्वपूर्ण निर्णय गरिने जनाइएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार सरकारमा रहेका सत्तारुढ दल नेकपा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय थियो ।
एमालेको समर्थन फिर्तासँगै मुख्यमन्त्री शाह अल्पमतमा परेका छन्। बजेट पारित गराउन उनले नेकपासँग सहयोगको आग्रह गरेका थिए। नेकपाले उक्त प्रस्ताव अस्वीकार गर्दै वर्तमान सरकारलाई समर्थन नगर्ने अडान राखेको छ।













