धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-९ बङ्ग्राकटानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.१ लाख ६५ हजार ७०० सय बराबरको चिनी, डाल्डा, दुध पाउडर, कलर डिव्वा, एसि स्टेण्ड लगायतका सामानहरु शुक्रबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













