धनगढी । कैलालीबाट अवैध लागूऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-९ बङ्ग्राकटानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८६३ मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ बस्ने २२ वर्षीय प्रकाश राना समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले से २ प ६१३१ नम्वरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको जनाएको छ ।
यसैगरी,गोदावरी नगरपालिका-१ अनामनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय हरिष वडू र सोही नगरपालिका-२ तेघरी बस्ने २६ वर्षीय सुरेन्द्र भट्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ।



















