धनगढी । कैलालीबाट अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन ।
जिल्लाको लम्कीचुहा नगरपालिका-३ चिसापानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २०० मिलिग्राम सहित सोही नगरपालिका-१ बसपार्क बस्ने २९ वर्षीय राजेश खत्री र २७ को ललित बिष्टलाई शनिबार पक्राउ गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले होटलमा बसिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित दुबै जनालाई पक्राउ गरेको जनाएको छ ।
यसैगरी,लम्कीचुहा नगरपालिका-४ बलिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २०० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय धिरज चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी,जोशीपुर गाउँपालिका-१ लकडमन्डीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८८० मिलिग्राम सहित सोही गाउँपालिका-२ वस्ने २८ वर्षीय अम्मरदीप डगौरालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।



















