काठमाडौं। प्रहरीले युट्युब तथा अन्य सामाजिक सञ्जालबाट राधिका दासीबिरुद्ध विभिन्न अफवाह फैल्याएको आरोपमा वेदिका केसीलाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई बिहीबार पक्राउ गरेको हो।
साइबर ब्यूरोका प्रवक्ता दीलिपकुमार गिरीका अनुसार पक्राउ परेकी केसी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा एक दिनको म्याद थप भएको छ।
विभिन्न सामाजिक सञ्जाल तथा युट्युबमार्फत उनले कथावाचिका राधिका दासीबिरुद्ध अप्रमाणित कुरा फैल्याएको आरोप छ।













