कञ्चनपुर । कञ्चनपुरबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
बिहीबार जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेला र बेलौरी नगरपालिका–१ खल्लाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु २ लाख ५ हजार ७०० बराबरको पेय पदार्थ, मोवाईल कभर, बीउविजन, फलफूल, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













