धनगढी । कैलालीबाट प्रहरीले करिब पौने छ लाख बराबरका भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
शनिबार जिल्लाका विभिन्न स्थानहरुबाट भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.५ लाख ७४ हजार ७०० सय बराबरका विभिन्न सामान नियन्त्रणमा लिएको हो ।
धनगढी उपमहानगरपालिका-३ फिस रिसोट नजिक,वडा नं ९ बङ्ग्राकटान,त्रिवेणीघाट र वडा नं १२ कम्पनी टोलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका उक्त मूल्य बराबरका चिनी, बिडी, सुर्ती, कफी, मसला, प्लाष्टिक दुना टपरी, प्लाष्टिक झिल्ली, एक थान अटो लगायतका सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













