डोटी । डाटीमा श्रीमानको कुटपिटबाट श्रीमतिको मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिका–४ देउथलीकी ४७ वर्षीय अमृता ओलीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिट गरि हत्या गरेको अभियोगमा अमृताका श्रीमान ५० वर्षीय चन्द्रबहादुर ओलीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनले मादक पदार्थ सेवन गरि कुटपिट गर्दा गम्भीर घाइते भएकी अमृतालाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाएको छ ।
कुटपिट गर्ने चन्द्रबहादुरलाई इलाका प्रहरी कार्यालय जोरायलबाट खटिएको प्रहरीले पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













