काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार दुई सय रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।













