• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २८, २०८३
☰
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ३. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ४. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ५. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ६. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ७. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ८. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

  • ९. सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

  • १०. Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना सम्पन्न, सडकदेखि स्वास्थ्यसम्म उल्लेख्य प्रगति

  •   बिहिबार, साउन १४, २०८३ मा प्रकाशित

कैलाली । कैलालीको चुरे गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, रोजगार तथा सामाजिक सुरक्षालगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। गाउँपालिकाले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार अधिकांश योजना सफलतापूर्वक सम्पन्न भएका छन्।

गाउँपालिका अध्यक्ष चक्र बोगटीले सीमित स्रोत–साधनका बाबजुद जनतासँग गरिएको प्रतिबद्धताअनुसार विकास निर्माण, सेवा प्रवाह र सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको बताए। आगामी वर्षमा पनि विकासलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाइने उनको भनाइ छ।

उपाध्यक्ष धनादेवी थापाले महिला, बालबालिका, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिएको बताइन्। स्थानीय नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएका कार्यक्रमबाट सकारात्मक परिणाम देखिन थालेको उनको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा २१६ वटा योजना पूर्ण रूपमा सम्पन्न भएका छन् भने ४ वटा योजना आंशिक रूपमा कार्यान्वयन भएका छन्। उनका अनुसार ७.१९ किलोमिटर नयाँ सडक ट्र्याक खोलिएको, ३२० किलोमिटर सडक सरसफाइ तथा स्तरोन्नति गरिएको, ६ वटा विद्यालय भवन तथा वडा नं. ३ र ४ का वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन्।
सामाजिक सुरक्षातर्फ १ हजार ७५० जना लाभग्राहीलाई कुल ६ करोड ४२ लाख ६९ हजार ९४५ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। कर सम्बन्धी दुईवटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

कृषि तथा पशु सेवातर्फ ६९ वटा मिनिटिलर, १५३ वटा प्लास्टिक टनेल, ५ वटा कुटानी–पिसानी मिल, १८ वटा बोका, ६ वटा गोठ सुधार तथा ४ वटा विद्युतीय घाँस काट्ने मेसिन वितरण गरिएको छ। साथै १० हजार ९७६ पशुलाई खोरेत, १ हजार ९७८ पशुलाई लम्पीस्किन, ३९ हजार ९२३ बाख्रालाई पीपीआर तथा ६ सय कुकुरलाई रेविजविरुद्ध खोप लगाइएको छ।

रोजगारतर्फ प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ६ वटा योजना सम्पन्न भएका छन्। वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिका लागि उद्यमशीलता प्रवर्द्धनसहित चार कार्यक्रम सञ्चालन गरिएको तथा ४२५ जना बेरोजगारलाई रोजगार सूचना व्यवस्थापन प्रणालीमा सूचीकृत गरिएको छ। गाउँपालिकाले अनलाइनमा आधारित एकीकृत प्रोफाइलसमेत तयार गरेको छ।
शिक्षा क्षेत्रमा ४७ जना शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम प्रदान गरिएको, दुई विद्यालयमा आईसीटी ल्याब र पुस्तकालय स्थापना गरिएको तथा राष्ट्रपति रनिङ शिल्ड, अध्यक्ष कप र वडा स्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ।

स्वास्थ्यतर्फ अध्यक्ष एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरबाट १ हजार ४५३ जनाले सेवा लिएका छन्। २९७ गर्भवती तथा सुत्केरी महिलालाई पोषण प्याकेज, ५५६ महिलाको पाठेघर क्यान्सर परीक्षण, ८० विपन्न परिवारको स्वास्थ्य बीमा तथा १९ जना एचआईभी संक्रमितलाई उपचार सहयोग उपलब्ध गराइएको छ। यसैगरी २० हजार ९९४ नयाँ सेवाग्राहीले स्वास्थ्य सेवा लिएका, २०२ संस्थागत सुत्केरी भएका तथा पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ।
भूमि व्यवस्थापनतर्फ २ हजार ९५१ भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारको लगत संकलन तथा निस्सा वितरण गरिएको छ, जसबाट २३ लाख ९ हजार रुपैयाँ राजस्व संकलन भएको छ। उद्यम विकास कार्यक्रममार्फत २२८ जनालाई विभिन्न तालिम प्रदान गरिएको तथा २९ जना नयाँ लघु उद्यमी तयार गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको आर्थिक विवरणअनुसार चालु खर्च ३० करोड ९३ लाख ७९ हजार ८६३ रुपैयाँ, पुँजीगत खर्च १२ करोड ४४ लाख ९१ हजार १७९ रुपैयाँ गरी कुल ४३ करोड ३८ लाख ७१ हजार ४२ रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ७८.९५ प्रतिशत हो।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीले गाउँपालिकाले आगामी वर्षमा पनि सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई थप सुदृढ गर्दै नागरिकमुखी विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन
सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण
प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण
Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal
बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा
सुदूरपश्चिमको बजेट अध्ययन गर्न संसदीय समिति गठन गरिने,पूरक बजेट ल्याइने

समाचार

सबै

धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ३.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ४.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • ५.
    सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने

  • ६.
    सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.