• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, साउन १५, २०८३
☰
शुक्रबार, साउन १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  • ४. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना सम्पन्न, सडकदेखि स्वास्थ्यसम्म उल्लेख्य प्रगति

  • ७. सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

  • ८. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

साढे चार करोडको भवन दुई वर्षमै चुहिन थाल्यो, छतभित्र प्लास्टिकका टुक्रा भेटिए

  •   शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले करिब ४ करोड ५१ लाख रुपैयाँ खर्चेर निर्माण गरी कैलाली बहुमुखी क्याम्पसलाई हस्तान्तरण गरेको विज्ञान तथा सूचना प्रविधि भवनमा गुणस्तरसम्बन्धी गम्भीर प्रश्न उठेको छ ।

निर्माण सम्पन्न भएको दुई वर्ष नपुग्दै भवनको छत चुहिन थालेपछि मर्मतका क्रममा छतभित्र प्लास्टिकका टुक्रा भेटिएका छन् भने पर्खालमा पनि व्यापक चर्किने समस्या देखिएको छ ।

क्याम्पसको विज्ञान तथा सूचना प्रविधि भवन ‘ए’ मा वर्षायाममा छतबाट पानी चुहिने समस्या बढेपछि क्याम्पसले आफ्नै स्रोतबाट वाटरप्रुफिङको काम सुरु गरेको हो। छतको सतह उप्काउँदा प्लास्टिकका टुक्रा फेला परेको क्याम्पसले जनाएको छ ।

साथै, पर्खालको प्लास्टरमा आवश्यक मात्रामा सिमेन्टलगायत निर्माण सामग्री प्रयोग नगरिएको आशंकामा भवनका विभिन्न भाग चर्किन थालेका छन् ।

भवन निर्माणको जिम्मा लिएको रोयल पवन जेभी तथा निर्माण कार्यको अनुगमन गरेको सामाजिक विकास मन्त्रालयले भने समस्या समाधानतर्फ हालसम्म कुनै चासो नदेखाएको क्याम्पसको गुनासो छ ।

यो भवन २०८१ जेठ १६ गते तत्कालीन मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी र तत्कालीन मन्त्रालयका सचिव गणेशबहादुर सिंहले क्याम्पसलाई हस्तान्तरण गरेका थिए ।

क्याम्पसका अनुसार सामान्य वर्षामै छत र झ्यालबाट पानी पस्ने गरेको छ, जसका कारण प्रयोगशालामा रहेका लाखौँ रुपैयाँ मूल्यका उपकरणसमेत जोखिममा परेका छन् । निर्माण कम्पनीबाट आवश्यक मर्मत नभएपछि क्याम्पसले आफ्नै बजेट खर्च गरेर छतमा वाटरप्रुफिङ गर्न थालेको जनाएको छ ।

क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर विष्टले समस्या समाधानका लागि सामाजिक विकास मन्त्रालय र निर्माण कम्पनीलाई पटक–पटक जानकारी गराए पनि हालसम्म कुनै पहल नभएको बताए । उनका अनुसार झ्यालमा मापदण्डअनुसार सिलिकनसमेत प्रयोग नगरिएकाले भवनभित्र पानी पस्ने समस्या देखिएको हो ।

भवन अझै वारेन्टी अवधिमै रहेकाले निर्माण कम्पनीले मर्मत गर्नुपर्ने भए पनि त्यसो नभएकाले क्याम्पस आफैंले अतिरिक्त आर्थिक भार व्यहोर्नुपरेको प्रशासनको भनाइ छ ।

करोडौँ रुपैयाँ सार्वजनिक लगानीबाट निर्माण गरिएको भवन दुई वर्षमै चुहिनु केवल प्राविधिक कमजोरी मात्र नभई निर्माण कम्पनीको लापरबाही र सरकारी अनुगमनको कमजोरी भएको भन्दै सरोकारवालाले प्रश्न उठाएका छन् । सार्वजनिक धन खर्च गरेर निर्माण गरिएका संरचनाको गुणस्तरमा यस्ता समस्या देखिँदा सार्वजनिक निर्माण प्रणालीप्रतिको विश्वाससमेत कमजोर बन्दै गएको उनीहरूको भनाइ छ ।

  • कैलाली बहुमुखी
शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
खैरो हेरोइनसहित एक युवक पक्राउ
एक नाल भरुवा बन्दुक बरामद
जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
देवानगञ्ज घटना : मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

खैरो हेरोइनसहित एक युवक पक्राउ

एक नाल भरुवा बन्दुक बरामद

जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

खैरो हेरोइनसहित एक युवक पक्राउ

एक नाल भरुवा बन्दुक बरामद

जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  • ४.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.