धनगढी । कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नं १३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४३० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय क्रिस शर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ ।













