धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-८ सेतोपुलस्थित सडकमा से ६ प ९७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार सोही उपमहानगरपालिका-६ बस्ने २८ वर्षीया सम्झना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी सम्झनाको धनगढीस्थित सेती प्रादेशिका अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाइकल चालक गोदावरी नगरपालिका-८ बस्ने ३६ वर्षीय बिनोद चौधरी गम्भीर घाइते भई धनगढीस्थित कैलाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।













