• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २९, २०८३
☰
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ३. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ४. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ५. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ६. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ७. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ८. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

  • ९. सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

  • १०. Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै

  •   सोमबार, साउन १८, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीले सरकारी कामकाजलाई पूर्णतया प्रविधिमैत्री बनाउन ‘पेपरलेस धनगढी’ (कागजबिहिन) सेवाको सुरुवात गरेको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत उपमहानगरले सेवाग्राहीलाई आफूबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री, छिटोछरितो, पारदर्शी र झन्झटमुक्त सेवा दिने उद्देश्यले यो नयाँ प्रणाली सुरु गरेको जानकारी दिएको हो ।

उपमहानगरका सञ्चार तथा सुचना प्रविधि शाखा प्रमुख इन्जिनियर अनुप भट्टका अनुसार धनगढीमा पछिल्लो समय बाहिरी जनसंख्याको चाप बढ्दै गएको छ । यो डिजिटल प्रणालीले वास्तविक करदाता र नगरवासीको पहिचान गर्न सहज बनाउने उनले उल्लेख गरे । यसबाट उपमहानगरले प्रदान गर्ने सेवा-सुविधाहरू आफ्ना नागरिकलाई प्राथमिकताका साथ उपलब्ध गराउन मद्दत पुग्ने शाखा प्रमुख भट्टले बताए ।

उपमहानगरले आफूबाट प्रवाह हुने सेवालाई सफल पार्न एकीकृत डिजिटल प्रणाली (यूडीजीपी) सञ्चालनमा ल्याएको जनाएको छ । शाखा प्रमुख भट्टका अनुसार यो एउटै प्रणालीभित्र अन्य विभिन्न सफ्टवेयरहरूलाई जोडेर सेवा प्रवाह गरिनेछ ।

शाखा प्रमुख भट्टले भने, ‘धेरै पालिकाहरूले आ-आफ्नो सहजताका लागि छुट्टाछुट्टै डिजिटल प्लेटफर्म बनाउँदा सूचना एकीकृत हुन सकेको छैन । तर धनगढी उपमहानगरले विकास गर्न लागेको एउटै मूल प्लेटफर्म यूडीजीपीले सबै विवरण समेट्नेछ । यसबाट नागरिकले एक पटक अपलोड गरेको कागजात प्रणालीले आफैँ ट्र्याक गर्नेछ । जसका कारण सेवाग्राहीले एउटै फाइल बोकेर बारम्बार कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ।’

यस योजनाको पहिलो चरणअन्तर्गत उपमहानगरका १९ वटै वडाका सचिवलाई तालिम दिइएको छ । यस चरणमा नागरिक ई-केवाईसी, विभिन्न सिफारिसहरू र फाइल ट्र्याकिङ अर्थात् कागजात कहाँ पुग्यो भनी हेर्न मिल्ने प्रणाली बारे सचिवहरुको नेतृत्व विकास गरिनेछ ।

अनलाइन प्रणाली चलाउन असमर्थ वा प्रविधिमा साक्षर नभएका सेवाग्राहीका लागि उपमहानगरले कार्यालयमै ‘हेल्पडेस्क’ (सहायता कक्ष) पनि स्थापना गर्ने गरिएको छ । त्यहाँ रहेका कर्मचारीहरूले सेवाग्राहीको विवरण डिजिटल माध्यमबाटै दर्ता गरिदिने र सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको शाखा प्रमुख भट्टले जानकारी दिए ।

शाखा प्रमुख भट्टका अनुसार यो प्रणालीको सुरुवातसगै अब नगरवासीले जन्मदर्ता, नागरिकताका लागि आवश्यक सिफारिस, व्यवसाय दर्ता तथा नवीकरणजस्ता कार्य घरमै बसेर गर्न सक्नेछन् । यदि कुनै कागजात अपुग भएमा वा केही समस्या आएमा कार्यालयले सम्बन्धित व्यक्तिको मोबाइलमा मेसेज पठाउनेछ । सेवाग्राहीले आफ्नो कागजात मोबाइलमै प्राप्त गरी प्रिन्ट गर्न सक्नेछन् भने आधिकारिकताका लागि त्यसमा क्यूआर कोड राखिनेछ, जसलाई अन्य कार्यालयले पनि स्क्यान गरेर प्रमाणीकरण गर्न सक्नेछन् ।

त्यसैगरी, यूडीजीपी ई-सिग्नेचर मोड्युल, डिजिटल अभिलेख व्यवस्थापन प्रणाली, नागरिक गुनासो तथा सुझाव व्यवस्थापन प्रणाली, कार्यालय टिप्पणी लेखन तथा व्यवस्थापन प्रणाली, डिजिटल भुक्तानी तथा राजस्व संकलन प्रणाली, विकास निर्माण अनुगमन तथा सूचना प्रणाली, सार्वजनिक सूचना प्रणाली, कार्यालय विवरण प्रणाली, विपद् प्रणाली, डेटा दृश्यावलाेकन प्रणाली, डेटा सुरक्षा प्रणाली लगायत सेवा रहेका छन् ।

  • पेपरलेस
सोमबार, साउन १८, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन
सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण
प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण
Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal
बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा
सुदूरपश्चिमको बजेट अध्ययन गर्न संसदीय समिति गठन गरिने,पूरक बजेट ल्याइने

समाचार

सबै

धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ३.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ४.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • ५.
    सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने

  • ६.
    सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.