धनगढी । कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिमा-८ स्थित लिक्मा खोलामा सोही ठाउँ बस्ने १२ वर्षीय सलिम धामीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सलिम खोलामा डुबेर वेहोस अवस्थामा पानीबाट बाहिर निकाली उपचारको लागि केबी सौगात पोलिक्लिनिक बढैपुर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।













