कैलाली । आगलागी पीडित देविसरा ढुंगानाकाे परिवारलाई खाद्यान्नका साथै घरको छाना ढाक्न त्रिपाल वितरण गरिएको छ।
माेहन्याल गाउँपालिका वडा नम्बर ३ मुलेकाँडा बस्ने ढुङ्गानाको परिवारलाई नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं वरिष्ठ पत्रकार वीरेन्द्र रावलले साे सामग्री वितरण गरेको हाे ।
फलेबिसौनाबाट एक घण्टाको पैदल यात्रा गरेर पीडितको घर सम्म पुगेर पत्रकार रावलले राहत सामग्री परिवारलाई हस्तान्तरण गरेको थियो।
विगत लामो समयदेखि असहाय विपन्न वर्गहरुलाइ बेलाबेलामा रावलले व्यक्तिगत तर्फबाट राहतहरु वितरण गर्दै आएका छन्।
हालै मात्र आगलागीबाट ढुङ्गानाको एउटा घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो।।













