काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते स्वदेश फर्किने भएका छन्।
उनी साउन २६ गते राति पौने १० बजेको उडानर्माफत् काठमाडौं फर्किन लागेको नेता डा. प्रकाशशरण महतले बताएका छन्।
यसअघि उनले ५ साउनमा बीपी कोइरालालाई सम्झिँदै लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि आफू स्वदेश फर्किन लागेको घोषणा गरेका थिए।
बिहीबार मात्रै सर्वोच्च अदालतले गगन थापालाई कांग्रेको सभापतिको मान्यता दिने निर्णयसम्बन्धी मुद्दा पुनरावलोकन गर्ने निर्णय गरिसकेको छ। कांग्रेसको इतर समूहले राष्ट्रिय भेलासमेत गर्न लागेको अवस्थामा देउवा फर्किने भएका हुन्।
पूर्वप्रधानमन्त्री देउवा ०८२ चैत ७ गते सिंगापुरमा उपचारपछि हङकङ प्रस्थान गरेका थिए ।
गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा सिंगापुरतिर हिँडेका उनी नियमित स्वास्थ्य परीक्षण तथा उपचार सम्पन्न गरेपछि हङकङ गएका थिए ।
देउवा ०८२ फागुन १३ गते उपचारका लागि नेपालबाट सिंगापुर गएका थिए ।













