धनगढी । कञ्चनपुरमा अवैध भन्सार छलीका सामानसहित ४ जना पक्राउ परेका छन ।
जिल्लाको बेलौरी नगरपालिका-१ खल्लाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.५७ हजार बराबरको ३ क्विन्टल ५० किलो तोरी र ४ थान साइकलसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी बसही कलौनी बस्ने २२ वर्षीय सन्तोश कुमार, २० वर्षीय अनुज गुप्ता, २४ वर्षीय सञ्जय कुमार र २१ वर्षीय मनोज कुमार रहेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी फटैयाबाट खटिएको प्रहरीले गएराति फेला पारी चारै जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी, प्रहरीले सोही नगरपालिका-२ बैजुडाँडाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.२५ हजार ६०० बराबरको पेय पदार्थ, बिडी, बोइलर कुखुरा लगायतका सामानहरु नियन्त्रणमा लिएको जनाएको छ ।













