काठमाडौं । सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो १५ दिनको बम्पर उपहार कञ्चनपुरका करदाताले प्राप्त गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण जेनरल स्टोरमा सामान खरिद गरेका करदाताले १० लाखको बम्पर प्राप्त गरेका हुन् ।
अर्थ मन्त्रालयका अनुसार ती ग्राहकले २५० रुपैयाँको सामग्री खरिद गरेका थिए भने उनको कुपन नम्बर ००७३१५२५४४९३ हो ।
सरकारले सबै करदातालाई बिल लिएर सामग्री खरिद गरुन् भन्ने उद्देश्यले सुरु गरेको करदाता प्रोत्साहन कार्यक्रममा हरेक १५ दिनमा १५ जनालाई जनालाई १/१ लाख र एक जनालाई बम्पर पुरस्कार १० लाख दिने गरी यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।













