धनगढी । कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
धनगढी उप-महानगरपालिका-३ बोराडँडीबाट २४० मिलिग्राम अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ र तौल गर्ने काटाँ सहित सोही ठाउँ बस्ने ३० वर्षीय बबि रानालाई पक्राउ गरेको जनाएको छ ।
त्यसैगरी,घोडाघोडी नगरपालिका-२ नयाँबजारबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम सहित बर्दगोरिया गाउँपालिका-१ बस्ने २१ वर्षीय संजिप चौधरीलाई पक्राउ गरेको जनाएको छ ।



















