धनगढी । कैलालीमा अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा जानकी गाउँपालिका-४ कन्चनपुर बस्ने २२ वर्षीय अमित डगौरा रहेको प्रहरीले जनाएको छ ।
डगौरालाई भजनी नगरपालिका-३ सरदार चोक स्थितबाट २ ग्राम ९२० मिलिग्राम अवैध लागूऔषध जस्तो देखिने धुलो पदार्थसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको जनाएको छ ।



















