धनगढी । कञ्चनपुरमा अवैध लागूऔषधसहित ४ जना किशोर पक्राउ परेका छन ।
आइतबार जिल्लाको शुक्लाफाँटा नगरपालिका-१२ कालागौडी स्थितबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ६५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३ जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी,शुक्लाफाँटा नगरपालिका-१२ खल्ला शिविर स्थितबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने १६ वर्षिया किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।



















