धनगढी । कैलालीमा प्रहरीले रू.३३ लाख ९४ हजार ८ सय बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको छ ।
सोमबार जिल्लाको कैलारी गाउँपालिका–४ स्थितबाट भारतबाट भन्सार छली गरी ल्याएका सामान बरामद गरेको हो ।
उक्त मूल्यका मोबाईलका पार्टपूर्जा, चिनी र डोरी वेवारीसे अवस्थामा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह बिष्टले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले उक्त सामान बरामद गरि आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगर बुझाईएको उनले जानकारी दिए ।



















