धनगढी । कैलालीमा खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका-८ बछेला बस्ने ५६ वर्षीया हीरा बिष्टको चरला खोलामा डुबेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।



















