धनगढी । कैलालीमा प्रहरीले बेवारिसे काठ बरामद गरेको छ ।
जिल्लाको भजनी नगरपालिका-७ हिक्कमतपुर स्थित पुरैना सामुदायिक वनमा लुकाइछिपाइ राखेको अवस्थामा सालको गोलिया ६ थान(२१.८७ क्यु.फिट) अन्दाजी मुल्य रु.२७ हजार ३७ बराबरको काठ सोमबार बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त ईलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पूरा गरी सव डिभिजन वन कार्यालय भजनीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।



















