• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २९, २०८३
☰
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ३. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ४. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ५. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ६. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ७. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

  • ८. Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

  • ९. सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

  • १०. एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय

सुदूरपश्चिममा ग्यास पर्याप्त, माग अस्वाभाविक

  •   मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास बिक्री तथा आपूर्ति दुवै बढेको छ।

धनगढीस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले चालु आर्थिक वर्षको साउन २४ गतेसम्म मात्रै प्रदेशमा एक लाख १५ हजार ९९० सिलिण्डर ग्यास बिक्री भइसकेको जनाएको छ।

कार्यालय प्रमुख मनोहर डिसीले विगत दुई वर्षको तथ्याङ्कमा यस वर्षको पहिलो महिनाको २४ दिनमै बढी ग्यास आपूर्ति र बिक्री भए पनि बजारमा दबाब रहेको बताए।

आव २०८१र८२ को साउन महिनाभर एक लाख १२ हजार ७७० सिलिण्डर ग्यास बिक्री भएकोमा आव २०८०र०८१ मा ९९ हजार ८४० सिलिण्डर बिक्री भएको थियो।

गत वर्षको तुलनामा यस वर्षको साउन २४ सम्म तीन हजार २२० सिलिण्डर बढी बिक्री भइसकेको छ।

साउनको बाँकी अवधिमा थप ५० हजार सिलिण्डर आउने क्रममा रहेको कार्यालय प्रमुख डिसीले जानकारी दिए।

गत आव २०८२र८३ मा सुदूरपश्चिममा कुल ११ लाख ५० हजार ८३४ सिलिण्डर अर्थात् १६ हजार ४४० मेट्रिक टन ग्यास बिक्री भएको थियो।

त्यसअघिको आर्थिक वर्ष २०८१र८२ मा भने ११ लाख ८० हजार ८३० सिलिण्डर अर्थात् १६ हजार ८६९ मेट्रिक टन ग्यास बिक्री भएको थियो।

चालु साउन २४ गतेसम्म बिक्री भएको ग्यासको परिमाण एक हजार ६५७ मेट्रिक टन रहेको छ। गत आर्थिक वर्षको साउनमा एक हजार ४१६ मेट्रिक टन ग्यास बिक्री भएको थियो।

यस हिसाबले गत वर्षको पूरै साउनको तुलनामा चालु साउन २४ दिनमै ४६ मेट्रिक टन बढी ग्यास बिक्री भएको देखिन्छ।

पछिल्ला दुई आर्थिक वर्षमा ग्यासको बिक्रीमा उतारचढाव देखिन्छ। आर्थिक वर्ष २०८१र८२ साउनमा एक लाख १२ हजार ७७० सिलिण्डर बिक्री भएकामा भदौमा घटेर ८८ हजार ३१० पुगेको थियो।

असोजमा ९२ हजार ५४०, कात्तिकमा ९६ हजार ११०, मङ्सिरमा एक लाख एक हजार २९० र पुसमा ८३ हजार ५८० सिलिण्डर बिक्री भएको थियो।

यसैगरी, गत माघमा एक लाख दुई हजार ४१०, फागुनमा ९५ हजार ८३०, चैतमा ८० हजार ७८०, वैशाखमा एक लाख दुई हजार ६०, जेठमा एक लाख नौ हजार ८३० र असारमा एक लाख १५ हजार ५०० सिलिण्डर बिक्री भएको निगमको तथ्याङ्क छ।

आर्थिक वर्ष २०८२्८३ को भदौमा एक लाख आठ हजार ९९०, असोजमा एक लाख आठ हजार २२०, कात्तिकमा एक लाख १७०, मङ्सिरमा ९९ हजार ४००, पुसमा एक लाख चार हजार ५८०, माघमा एक लाख ९४० र फागुनमा एक लाख दुई हजार ६९० सिलिण्डर चैतमा ७७ हजार २१०, वैशाखमा ६६ हजार ७१०, जेठमा ७९ हजार १७० र असारमा एक लाख दुई हजार ९१५ सिलिण्डर बिक्री भएको देखिन्छ।

महिनागत तुलना गर्दा आर्थिक वर्ष २०८२र८३ मा भदौमा अघिल्लो वर्षको सोही महिनाभन्दा २० हजार ६८० सिलिण्डर बढी बिक्री भएको थियो। असोजमा १५ हजार ६८०, कात्तिकमा चार हजार ६० र पुसमा २१ हजार सिलिण्डर बढी बिक्री भएको देखिन्छ।

फागुनमा पनि अघिल्लो वर्षभन्दा छ हजार ८६० सिलिण्डर बढी बिक्री भएको थियो। वैशाखमा भने ग्यासको बिक्री अघिल्लो वर्षको तुलनामा ३५ हजार ३५० सिलिण्डरले घटेको थियो।

जेठमा ३० हजार ६६० र असारमा १२ हजार ५८५ सिलिण्डर कम बिक्री भएको निगमको तथ्याङ्क छ। यसले प्रदेशमा ग्यासको माग तथा बिक्री महिनाअनुसार उल्लेख्य रूपमा घटबढ हुने गरेको देखाउँछ।

निगमका अनुसार आर्थिक वर्ष २०८१र८२ मा प्रदेशमा कूल ११ लाख ८० हजार ८३० सिलिण्डर अर्थात् १६ हजार ८६९ मेट्रिक टन ग्यास बिक्री भएको थियो। आर्थिक वर्ष २०८२र८३ मा भने ११ लाख ५० हजार ८३४ सिलिण्डरअर्थात् १६ हजार ४४० मेट्रिक टन ग्यास बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब दुई दशमलव पाँच प्रतिशत कम सिलिण्डर बिक्री भएको देखिन्छ।

यस वर्षको साउनमा भने माग पुनः तीव्र रूपमा बढेको छ। निगमको विवरणअनुसार साउन २४ गतेसम्म बिक्री भएका एक लाख १५ हजार ९९० सिलिण्डरमध्ये रेडियन्ट ९रोयल० ग्यासका ७२ हजार ९४० र सैपाल ग्यासका ४३ हजार ५० सिलिण्डर छन्।

जिल्ला प्रशासन कार्यालय, कैलालीको नेतृत्वमा सोमबार धनगढीमा गरिएको बजार अनुगमनका क्रममा पनि ग्यास डिलरमा नियमित आपूर्ति भइरहे पनि उपभोक्ताबाट माग अत्यधिक बढेको पाइएको थियो ।

केही डिलरमा पर्याप्त मौज्दात रहे पनि कतिपय डिलरमा माग अस्वाभाविक रूपमा बढेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताउनुभयो ।

बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहे पनि हल्लाको पछि लागेर अतिरिक्त सिलिण्डर भण्डारण गर्दा बजारमा दबाब देखिएको उहाँको भनाइ छ । “हल्लाको पछाडि लागेर अतिरिक्त सिलिण्डर थुपार्न आवश्यक छैन । बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहेको छ”, खत्रीले भन्नुभयो ।

नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख डिसीले पनि विगत वर्षहरुको माग र हालको आपूर्ति विश्लेषण गर्दा प्रदेशमा ग्यास अभाव नरहेको बताउनुभयो । “सुदूरपश्चिममा आपूर्तिको समस्या छैन । हामीले विगत वर्षभन्दा हाल बढी नै ग्यास आपूर्ति गरिरहेका छौँ । उपभोक्ताले हल्लाको पछि लागेर सिलिण्डर थुपार्दा समस्या भएको हुनसक्छ”, उहाँले भन्नुभयो । रासस

  • माग अस्वाभाविक
मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै
जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते
देशका यी भूभागमा वर्षाको सम्भावना
सुदूरपश्चिममा निःशुल्क औषधि खरिद गर्न १५ करोड चाहिनेमा ८० लाख मात्रै विनियोजन
धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन
सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

समाचार

सबै

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते

देशका यी भूभागमा वर्षाको सम्भावना

सुदूरपश्चिममा निःशुल्क औषधि खरिद गर्न १५ करोड चाहिनेमा ८० लाख मात्रै विनियोजन

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते

देशका यी भूभागमा वर्षाको सम्भावना

सुदूरपश्चिममा निःशुल्क औषधि खरिद गर्न १५ करोड चाहिनेमा ८० लाख मात्रै विनियोजन

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ३.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ४.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • ५.
    सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने

  • ६.
    नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.