काठमाडौं । कैलाली, कैलारी गाउँपालिका-५ जवदहवा बस्ने अदिन लाल चौधरीको गोठमा गए राति आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
भक्तपुर, भक्तपुर नगरपालिका-६ यांछेस्थित बाटो छेउमा सोही ठाउँ बस्ने ५४ वर्षीय कृष्ण गोपाल नापितले पार्किङ गरेको बा-प्र०२-०३८ प ९७६६ नम्बरको स्कुटरमा मंगलबार दिउँसो आगलागी हुँदा स्कुटर पूर्ण रूपमा जलेर क्षति भएको छ ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ स्थित गैरे पेट्रोल पम्म अगाडि सडकमा नयाँ गाउँबाट बुटवलतर्फ जाँदै गरेको ग.प्र.०४-००१ प २२३४ नम्बरको मोटरसाइकलमा गए राति आगलागी हुँदा मोटरसाइकल पूर्ण रूपमा जलेर क्षति भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।














