धनगढी । कञ्चनपुरमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-११ भिजेला बस्ने ३६ वर्षीय राकेशबहादुर चन्द रहेको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत कञ्चनपुरको २०७७ भदौ २८ गतेको फैसलाले ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा ३ वर्ष कैद सजाय र रु.५० हजार जरिवाना तोकिएका चन्दलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको जनाएको छ ।



















