धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बाजुरा जिल्लाको बडीमालिका क्षेत्र र अछाम जिल्लाको रामारोशन क्षेत्रलाई समेटिने गरि बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरेको छ ।
बुधबार धनगढीमा एक कार्यक्रमका बीच मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेश वन ऐन २०७७ को दफा २६ (१) बमोजिम बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरेका हुन्।
मुख्यमन्त्री शाहको अध्यक्षतामा यही साउन १९ गतेको बसेको मन्त्र परिषद्को बैठकले सो क्षेत्रलाई वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।
बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाको वडा नं.५, ६,७ र ८, बाजुरा जिल्लाकै त्रिवेणी नगरपालिकाको वडा नं.५,६,७ र ९, अछाम जिल्लाको मेल्लेख गाउँपालिकाको वडा नं. १ र २, तथा अछाम जिल्लाकै रामारोशन गाउँपालिकाको वडा नं. ४,५ र ६ सहितको जम्मा ४९८.४ वर्ग कि.मी. क्षेत्र समावेस गरिएको छ ।



















