धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता खगराज भट्टले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन ।
शुक्रबार नेकपा एमालेको समर्थनमा भट्टले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
नयाँ सत्ता समीकरण बनेसँगै मुख्यमन्त्री कमलबहादुर शाह बिहीबार राजीनामा दिएका थिए ।
त्यसपछि प्रदेश प्रमुख मियाँले बिहीबार नै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि शुक्रबार बिहान ११ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।
सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेको सरकार बन्ने भएको छ । यी दुई पार्टीबीच केन्द्रमा भएको सहमतिअनुसार सुदूरपश्चिममा नेकपाको भागमा मुख्यमन्त्री परेको थियो ।














