धनगढी । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभा सदस्य प्रकाश देउवालाई बर्खास्त गर्ने सभामुखको निर्णय कानुनविपरीत भएको बताएका छन्।
बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा निवर्तमान मुख्यमन्त्री शाहले प्रदेशसभा सदस्यलाई हटाउँदा प्राकृतिक न्यायको सिद्धान्त पालना गर्नुपर्ने बताए। उनले प्रकाश देउवालाई हटाउने निर्णयको नियतबारे सम्बन्धित पक्षले स्पष्ट जवाफ दिनुपर्ने मागसमेत गरे।
‘सभामुखले एक्कासि प्रकाश देउवालाई हटाउने नियत के हो ? सम्बन्धित पक्षले स्पष्ट जवाफ दिनुपर्छ,’ शाहले भने, ‘हामी खुला बहस गर्न तयार छौँ।’
कुनै पनि प्रदेशसभा सदस्यलाई हटाउनुअघि सम्बन्धित व्यक्तिलाई आफ्नो धारणा राख्ने अवसर दिनुपर्ने उनको भनाइ थियो। ‘प्राकृतिक न्यायको सिद्धान्तका आधारमा एकपटक देउवालाई सोध्नुपर्ने हो,’ उनले भने।
शाहले विवादित विषयमा सभामुख गम्भीर हुनुपर्ने आग्रह गर्दै दलीय मान्यता र अंकगणितका आधारमा मात्रै निर्णय गर्दै अघि बढ्दा एकपटक सोच्नुपर्ने बताए।
उनले प्रदेश सरकारले गर्ने राम्रा काममा आफ्नो साथ र समर्थन रहने पनि स्पष्ट पारे। प्रदेश सरकारले राम्रो काम गरे त्यसको समर्थन गर्ने र गलत काम भए विरोध गर्ने उनको भनाइ थियो।
प्रकाश देउवालाई बर्खास्त गर्नु कानुन विपरीत: निवर्तमान मुख्यमन्त्री शाह
प्रकाश देउवालाई बर्खास्त गर्नु कानुन विपरीत: निवर्तमान मुख्यमन्त्री शाह
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














