• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

सुदूरपश्चिमका १ सय ५० जना अझै सम्पर्कविहीन

  •   शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित

धनगढी । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा आफन्त बेपत्ता भएको एक साता बितिसक्दा पनि कुनै खबर नआएपछि कैलालीका परिवार आफैँ खोजीमा निस्किन थालेका छन् ।

सरकारी निकायबाट आफन्तको अवस्थाबारे ठोस जानकारी नआएपछि कैलालीका विभिन्न स्थानीय तहका परिवारका सदस्य काठमाडौँ हुँदै रसुवातर्फ लागेका हुन् । कतिपय परिवारका सदस्य नुवाकोट पुगेर हेलिकोप्टरमार्फत रसुवा जाने बाटो खुल्ने प्रतीक्षामा छन् ।

जानकी गाउँपालिकाबाट बाढीपछि सम्पर्कविहीन भएका चार जनाको खोजीका लागि प्रत्येक परिवारबाट दुई–दुई जना र एक जना बरघर गरी नौ जनाको टोली काठमाडौँतर्फ गएको छ । आफन्तको अवस्था पत्ता लगाउन खोजीमा जान चाहेका परिवारका सदस्यलाई गाउँपालिकाले एक साताका लागि यातायातको व्यवस्था गरेको जनाएको छ ।

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टका अनुसार उनीहरूको खाना खर्च भने परिवार आफैँले व्यवस्थापन गर्नेछन् । फर्किएपछि यातायात र खाना खर्चसमेत गाउँपालिकाको विपत् व्यवस्थापन कोषबाट भुक्तानी गरिनेछ ।
‘एक हप्ताका लागि गाडी खोजेर पठाएका छौँ । खाना खर्च उहाँहरू आफैँले जुटाउनुहुन्छ । फर्किएपछि लागेको यातायात र खाना खर्च पालिकाको विपत् व्यवस्थापन कोषबाट तिर्छौं,’ भट्टले भने ।

यसैगरी, टीकापुर नगरपालिका–१ समितिपुरका बरघर अखिल थारू पाँच दिनदेखि नुवाकोटको बटारमा बसेर आफन्तको खबर पर्खिरहेका छन् । उनका दाजु मानबहादुर रसुवामा बेपत्ता भएपछि अखिल र छिमेकी विखराम चौधरी खोजीका लागि नुवाकोट पुगेका हुन् ।

रसुवा जाने बाटो अवरुद्ध भएकाले उनीहरू हेलिप्याड नजिकै बसेर हेलिकोप्टरमार्फत उद्धार तथा खोजीका गतिविधि भइरहेको हेर्ने र आफन्तबारे जानकारी लिने गरिरहेका छन् ।
‘रसुवा जाने बाटो छैन । बटारमा पुगेर हेलिप्याड नजिकै बसेका छौँ । हेलिकोप्टर आएपछि गएर हेर्ने, कोही आफन्तको उद्धार भयो कि भनेर बुझ्ने र फेरि कोठामा फर्किने गरेका छौँ,’ अखिलले भने ।

टीकापुर नगरपालिका–१ एकतापुरबाट पनि तेजुलाल चौधरी, पूर्णबहादुर खड्का, सन्तोष चौलागाईं र धना चौधरी काठमाडौँ हुँदै नुवाकोट पुगेका छन् । उनीहरू रसुवामा सम्पर्कविहीन भएका आशिष चौधरीको खोजीका लागि गएका हुन् । आशिषकी श्रीमती दिलकुमारी चौधरीले आफन्तहरू खोजीका लागि गएको बताइन् ।

आफन्तको खोजीमा जान चाहने परिवारलाई सहयोग गर्ने निर्णय टीकापुर नगरपालिकाले पनि गरेको छ । नगरपालिकाको विपत् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले आफन्तको खोजीमा जाने परिवारका सदस्यको यातायात खर्च बेहोर्ने निर्णय गरेको हो ।

आफन्तहरू सम्पर्कविहीन भएपछि खोजी तथा उद्धारका लागि आवश्यक पहल गरिदिन परिवारका सदस्यहरूले मंगलबार नगरपालिकामा पुगेर अनुरोध गरेका थिए ।

टीकापुर नगरपालिका क्षेत्रबाट मात्रै ३४ जनाभन्दा बढी कामदार तथा कर्मचारी रसुवा बाढीपछि सम्पर्कविहीन रहेको बताइएको छ । समितिपुर, एकतापुर, भूपू कमैया बस्ती, मनिकापुर र ज्योतिनगरलगायत क्षेत्रका नागरिक बेपत्ता छन् ।

बाढीपछि सुदूरपश्चिमका २०९ जना नागरिक सम्पर्कविहीन भएका थिए । तीमध्ये हालसम्म ५९ जना फेला परेका छन् भने १५० जना अझै बेपत्ता रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार बाढीपछि सम्पर्कविहीन भएका नागरिकमध्ये ५९ जना सम्पर्कमा आएका छन् । बाँकी १५० जनाको खोजी तथा अवस्थाबारे जानकारी सङ्कलन गर्ने काम भइरहेको उनले बताए ।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको थियो । रोजगारी तथा अन्य कामका लागि रसुवा पुगेका सुदूरपश्चिमका नागरिकसमेत बाढीबाट प्रभावित भएका छन् ।

आफन्तको कुनै खबर नआउँदा परिवारहरूमा चिन्ता बढ्दै गएको छ । सरकारी संयन्त्रबाट भइरहेको खोजीको परिणाम पर्खन नसकेर कतिपय परिवार भने आफैँ सम्भावित स्थानमा पुगेर आफन्तको अवस्था बुझ्ने प्रयासमा छन् ।

  • बेपत्ता
शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.