धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापतिमा भीम पडाल निर्वाचित भएका छन् ।
क्षेत्रीय अधिवेशनअन्तरगत मंगलबार सम्पन्न निर्वाचनमा पडाल अत्यधिक मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन ।
पडालले यसअघि पनि कैलाली-५ को क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिसकेका छन ।
यस्तै, क्षेत्रीय सचिवमा डण्डिराज सुवेदी निर्वाचित भएका छन् ।
















