धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाका नगर उपप्रमुख भोजबहादुर बम नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ४ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
बम खुला पुरुषतर्फ उम्मेदवार बनेका थिए । निर्वाचनमा उनी विजयी हुँदै महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
निर्वाचित भएपछि बमले आफूलाई विश्वास गरी मतदान गर्ने कांग्रेसका नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन् ।
उनले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउन आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।













