धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज बिहान ९ बजे बजेट प्रस्तुत गर्ने तयारी गरे पनि प्रदेशसभा बैठकको समय फेरि सारिएको छ। बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको बैठक अब दिउँसो २ बजेका लागि तोकिएको छ।
सर्वोच्च अदालतले बजेट ल्याउने बाटो खोलिदिए पनि सुदूरपश्चिम प्रदेश सरकारले अझै बजेट प्रस्तुत गर्न सकेको छैन। आवश्यक तयारी पूरा नभएपछि प्रदेशसभा बैठकको समय पुनः सारिएको प्रदेशसभा सचिवालयकी प्रवक्ता ताराकुमारी जोशीले जानकारी दिइन्।
यसअघि बजेट प्रस्तुत गर्ने कार्यसूचीसहित शनिबार बिहान ८ बजेका लागि बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको थियो। त्यसपछि आज बिहान ९ बजे बस्ने भनिएको बैठक पनि पुनः दिउँसो २ बजेका लागि सारिएको हो।















