कञ्चनपुर । कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका-४ चम्मचोकस्थित न्यु तहल्का होटल एण्ड लजको कोठा नम्बर १०६ बाट बेदकोट नगरपालिका-७ बस्ने अन्दाजी ३४ वर्षीय मनोजराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध ब्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार साँझ उनलाई खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारेको थियो।
प्रहरीका अनुसार उनको साथबाट शुद्ध तौल ३ ग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ।
पक्राउ परेका भट्टमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।






















