धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुरमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
आइतबार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको बा.प्र.०२-०६७ प ०६६४ नम्बरको मोटरसाइकल सडक छेउमा रोकिराखेको लु.प्र.०१-०१४ प २०४२ नम्बरको मोटरसाइकलमा ठोक्किएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा बा.प्र.०२-०६७ प ०६६४ नम्बरको मोटरसाइकल चालक गोदावरी नगरपालिका-१ का २५ वर्षीय गोकुल विष्ट,पछाडि सवार डोटीको जोरायल गाउँपालिका-३ का २० वर्षीय विप्लव साउद र लु.प्र.०१-०१४ प २०४२ नम्बरको मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका-४ का २८ वर्षीय हेमराज अवस्थी घाइते भएका छन ।
घाइते तीनै जनाको धनगढीअस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






















