धनगढी । कैलालीमा भन्सार छली गरी भारतबाट ल्याइएको सामानसहित एक जना पक्राउ परेका छन्। कञ्चनपुरमा समेत विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ धनगढी उपमहानगरपालिका–१ एलएन चोकस्थित क्षेत्रमा चेकजाँच गर्ने क्रममा गोदावरी नगरपालिका–६ निवासी ३३ वर्षीय सुरेश चौधरीलाई नियन्त्रणमा लिएको हो।
चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ च ३०२३ नम्बरको पिकअप जिप शंका लागेर जाँच गर्दा भारतबाट भन्सार छली गरी ल्याइएका सुर्ती तथा किरानाका सामान फेला परेको प्रहरीले जनाएको छ। बरामद सामान र जिपसहितको कुल अनुमानित मूल्य ९ लाख ६८ हजार ७६९ रुपैयाँ रहेको छ।
त्यस्तै, कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार बेवारिसे अवस्थामा पेय पदार्थ, खाने तेल, बिँडी, सुर्ती, नमकिन तथा बीउबिजनलगायतका सामान फेला पारेको हो।
बरामद सामानको अनुमानित मूल्य ६९ हजार ५१५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। दुवै जिल्लामा बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार























